बार्सिलोनामा फेरि मेस्सी र नेयमारसँगै !

काठमाडौँ: इएसपीएन अर्जेन्टिनाले दुई महत्वपूर्ण दाबी गरेको छ । पहिलो, लियोनल मेस्सीले बार्सिलोनामा दुई वर्षे नयाँ सम्झौँता गर्ने । दोस्रो, बार्सिलोनाले कुनै हालतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट नेयमार भित्र्याउने ।
इएसपीएन अर्जेन्टिनाले आफ्नो स्रोतको हवाला दिँदै मेस्सी सन् २०२३ सम्म बार्सिलोनामै रहन तयार भइसकेको लेखेको छ । त्यस्तै बार्सिलोनाले मेस्सीलाई नेयमार ल्याउने वाचा गरेको पनि दाबी गरिएको छ ।
बार्सिलोना कप्तान मेस्सी आउँदो जुन ३० बाट फ्री-एजेन्ट बन्दैछन् । क्याटलन क्लबसँग नयाँ सम्झौँता नगर्ने हो भने आगामी सरुवा बजारमा मेस्सीलाई जुन सुकै क्लब जान पनि छुट छ ।
उता पीएसजीमा नेयमारको सन् २०२२ जुन सम्मको सम्झैाँता छ । ब्राजिलियन फरवार्डले पेरिसको क्लबसँग नयाँ सम्झौँता गरिसकेका छैनन् । पटक पटक बार्सिलोना फर्कने चाहना राखेका नेयमारको स्पेन स्थान्तरणको सम्भावना बलियो रहेको बताइँदै आइएको छ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया