वडा सदस्यको शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा से १ ज १२३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन् ।
पञ्चेश्वर गाउँपालिका-६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए । चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका-६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि अस्पताल ल्याउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन् ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया