शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

राष्ट्रपतिले गरिन् पशुपतिनाथ पुगेर शिवको विशेष पूजाअर्चना

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छिन् । 

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शनिबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेका हुन् । 

पशुपतिमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र बिकास कोषका पदाधिकारीहरुले स्वागत गरेका थिए । महाशिवरात्रिमा अवसरमा राष्ट्रप्रमुखले पशुपतिको दर्शन गर्ने परम्परा रहेको छ ।