सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्बिर

दार्चुला : दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्परको ढाला नांगो बिजुलीको तारमा लागेर टिप्पर चालकको मृत्यु भएको हो ।

टिप्परको ढाला विजुलीको तारमा लागेर गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनका अनुसार टिप्पर सहचालक मार्मा गाउँपालिका-६ का अन्दाजी १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते भएका छन्।