फागुन ११ बाट भृकुटीमण्डपमा इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो

काठमाण्डाैँ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ्ग एण्ड इनभेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इक्युपमेन्ट एण्ड कन्सट्रक्सन एक्स्पो फागुन ११ बाट सुरु हुने भएको छ ।
१४ फागुनसम्म चल्ने एक्स्पोे काठमाण्डौको भृकृटीमण्डपमा हुन लागेको हो ।
प्रदर्शनीमा विभिन्न देश का तीन सयभन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका दुई सयभन्दा भन्दा बढी स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी ७ वर्षदेखि कोसेढुङ्गा सावित हुदै आएको छ ।
यस अन्तराष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिंग उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको सहभागिता रहने छ ।
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेको छ ।

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्रतिक्रिया