इस्लामावादमा मनाइयो ७३ औँ प्रजातन्त्र दिवस

काठमाडौँ- इस्लामावादस्थित नेपाली राजदूतावासमा ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । राजदूतावास प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको हो ।
कार्यक्रमको प्रारम्भमा नेपालको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रिय गानको सामूहिक गायन र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्ने ज्ञात/अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले अमर सहिदहरूको त्याग र बलिदानबाट नेपालमा नागरिक हक, अधिकार र युगिन चेतनाको आरम्भ भएको एवं सहिदहरूको सपना साकार पार्न सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । उक्त अवसरमा देश र विदेशमा रहेका सबै नेपालीले प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै प्रजातन्त्र प्राप्ति पश्चात देशमा भएको सामाजिक र आर्थिक परिवर्तनले देशलाई विकास र समृद्धिको दिशामा अगाडि बढाएको तथ्य राजदूत अधिकारीले प्रस्तुत गरे ।
कार्यक्रममा स्थानीय नेपाली समुदायको तर्फबाट डा. ठाकुरप्रसाद तिवारी, लतिका मास्के र रञ्जना पण्डितले समेत प्रजातन्त्र दिवसको महत्वका बारेमा आ-आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा इस्लामावादस्थित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरू, नेपाली विद्यार्थीहरू एवम् नेपाल सरकारका कर्मचारी/सैनिकहरू र राजदूतावास परिवारको उल्लेख्य उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको समापन पश्चात सहभागीहरूलाई जलपानको व्यवस्था समेत गरिएको थियो । प्रजातन्त्र दिवसको अवसरमा हिजो (शनिबार) साँझ राजदूतावासमा दीपावली गरिएको र आज (आइतबामर) र भोलि (साेमबार) साँझमा समेत दीपावली गर्ने कार्यक्रम रहेको राजदूतावासले जनाएकाे छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया