सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

फाइल फोटो

दार्चुला - दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।

जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो । दुर्घटनामा सहचालक घाइते भएका हुन् ।

कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 
त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।