ऐन, कानुन बनाउनेतर्फ संसद्को ध्यान जान सकिरहेको छैन : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद्को ध्यान ऐन, कानुन बनाउनेतर्फ जान नसकेको बताएका हुन् ।
आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐन, कानुन बनाउनेतर्फ संसद्को ध्यान जान नसकेको बताएका हुन् । देशमा धेरै ऐन, कानुनहरू बनाउनुपर्ने आवश्यकता भए पनि त्यसो हुन नसकेको उनले उल्लेख गरे ।
घिमिरेका अनुसार बनेका ऐनहरूको कार्यान्वयनको अवस्थाको सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन पनि हुन सकेको छैन । सरकारले संसद्लाई उचित ढंगले नहेरेको तर्क गरे ।
सभामुख घिमिरेले कतिपय कुराहरू न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताए । उनले कार्यपालिका र व्यवस्थापिकाका बीचमा समन्वय हुनुपर्ने । उनले ऐन, कानुन कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्ने बताए ।
सभामुख घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मान्छेहरूका लागि सरकारले गम्भीर भएर कुनै पनि काम गर्न नसकेको उल्लेख गरे । त्यस्तै संसद्मा पनि ति विषयमा आधारित भएर छलफल गर्न नसकिएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।
सभामुख घिमिरेले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने बताए । उनले संसद्लाई जनताको आकांक्षा अभिव्यक्ति गर्ने थलोका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले राजनीतिक दल र सांसदहरूलाई जनताप्रति उत्तरदायी बनाएर संसद् चलाउने बताए । संसद्ले पूर्ण रूपमा जनताप्रति जवाफदेही भएर काम गर्ने उनको भनाइ छ ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया