गण्डकी प्रदेश सभाको बैठक अनिश्चित, दलका नेताहरूको छलफलमा पनि जुटेन सहमति
सभामुखसँग पाँच दलको बैठक

पोखरा: गण्डकी प्रदेश सभाको बैठक अनिश्चित हुँदै गएको छ । प्रदेश सभा बैठकबारे सहमति गर्न मगलबार बकेको पाँच दलको बैठकले पनि यस बारे कुनै निर्णय गर्न सकेन ।
बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिडको कारण देखाएर जेठ १ गते कार्यव्यवस्था बैठक राखेर २ गते बैठक डाक्नुपर्ने बताएका थिए । उनले लकडाउनको कारण देखाउँदै सांसद आउन नसक्ने समेत बताए । विपक्षी मोर्चा भने छिटोभन्दा छिटो बैठक राखेर संसद्लाई निकास दिनुपर्ने बताएका थिए । बैठकमा मुख्यमन्त्री गुरुङले घुमाउरो पारामा सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागिन सक्ने समेत बताएका थिए । `तपाईंको राजीनामाको कुरो आइरहेको छ, हामी चाहन्छौँ तपाईंले त्यो कदमसम्म पुग्न रोक्नुहुन्छ,´मुख्यमन्त्रीको भनाइ उदृत गर्दै जसपा सांसद हरिशरण आचार्यले भने ।
माओवादी संसदिय दलका नेता हरिबहादुर चुमानले पर्सि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र मिति टुङ्याउन प्रयास गरिने बताए । १५ वैशाखमा एक सांसदको अवस्था अज्ञात रहेको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित गरिएपछि सत्ता पक्ष रुष्ट छ । सभामुखले राजीनामा दिएमात्रै बैठक चल्न दिने बताउने गरेको छ ।
१५ वैशाखमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । तर सो बैठकमा विपक्षी मोर्चाका सांसद शाही अनुपस्थित भएपछि प्रस्ताव फेल हुने डरमा जनमोर्चाकी सांसद पियारी थापाले बैठक स्थगित गर्न निवेदन दिएकी थिइन् ।
मुख्यमन्त्री गुरुङ अविश्वास प्रस्ताव माथिको मतदान हुने दिन केही पर धकेल्न चाहन्छन् । यसैको प्रयास स्वरुप १४ गते एमालेले कोरोना परीक्षण गरिनुपर्ने भन्दै सदन अवरुद्ध गरेको थियो । मुख्यमन्त्री गुरुङ यो महिना छलफल नै नगर्न र जेठको पहिलो हप्ता सदनलाई निकास दिन बैठक राख्ने पक्षमा छन् ।

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_TMtnFW2Gi6_5un2egesepsjmlgvztw7gsdnvn6wrke2rw5siy2adtmmy8v8p2kxyg5mtrvl.jpg)
प्रतिक्रिया