सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । ​राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको नेता मातृका यादवले जानकारी दिए । 

उनका अनुसार बैठक आज साँझ ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । 

सत्ता गठबन्धनमा आवद्ध प्रमुख दल एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरेको छ भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ ।