प्रिमियर लिगः युनाइटेड र टोटेनहम विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटेनहम विजयी भएका छन् । युनाइटेडले लेस्टर सिटीमाथि ३-० को शानदार जित हात पार्यो ।
युनाइटेडलाई महत्वपूर्ण जित दिलाउन मार्कस रासफोर्डले २ तथा जाडोन सान्चोले एक गोल गरे । जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडले २४ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५२ अंक छ । लेस्टर भने २४ अंकसहित १४ औँ स्थानमा छ ।
यता टोटेनहमले वेस्टहम युनाइटेडलाई २-० ले पाखा लगायो । टोटेनहमको जितमा इमर्सन रोयाल र सोन हेउङ्ग-मिनले एक-एक गोल गरे ।
जितसँगै २४ खेलबाट ४२ अंक जोडेको टोटेनहम चौथो स्थानमा उक्लिएको छ । वेस्टहम भने २० अंकसहित १८ औँ स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया