बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं- बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने साेमबार अन्तिम दिन रहेको छ । साेमबार कार्यालय समयसम्म मात्र यस कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई माघ २२ गतेदेखि आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको छ ।
यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आईपीओ जारी गर्दै छ । सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्नेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज सोमबार (फागुन ८ गते) अन्तिम दिन हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत लगानीकर्ताले सेयर भर्न सक्नेछन् ।
यो आईपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपीओमा रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आईपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया