कैलाली उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गर्ने

कैलाली- कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यावसायिक संघ संस्थाहरूले धनगढीमा बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।
बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधारको माग गर्दै मंगलबार बिहान व्यवसायीहरूले धनगढीमा विरोध र्याली निकाल्ने भएका हुन् ।
बैंक तथा वित्तीय संस्थाका कारण व्यवसायीलाई मर्का परेको भन्दै सुधारका लागि १० बुँदे माग राख्दै बिहान ९ बजे धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध प्रदर्शन गरिने कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।
व्यवसायीहरूले एक अंकको ब्याजदर कायम हुनुपर्ने, बैंकहरूको आन्तरिक खर्च कटौती गरी स्पेड दर ३ प्रतिशत हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिइनुपर्ने, ब्याज बुझाउने म्याद ३५ दिनसम्म नियमित मान्नुपर्ने, लिलाम प्रक्रिया स्थगित गरिनुपर्ने, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनुपर्ने माग राखेका छन् ।
भोलि हुने विरोध प्रदर्शनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी संघ, होलसेल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, ब्युटिपार्लर व्यवसायी संघ, तरकारी तथा फलफूल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनले एक्यबद्धता जनाएको वरिष्ठ उपाध्यक्ष ओझाले बताए ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया