तराई-मधेसमा यमपञ्चक

जनकपुरधाम : नेपालीको दोस्रो ठूलो चाड तिहार पाँच दिनसम्म मनाइन्छ । पाँच दिन मनाउँने हुनाले यसलाई यमपञ्चक भनिन्छ । तिहारको दुई अघि र दुई दिनपछिसम्म कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल दि्वतियासम्म पाँच दिन विभिन्न पर्वसहित यमपञ्चक/तिहार मनाइन्छ । यमपञ्चक सबै हिन्दु धर्मावलम्बीहरूले मनाउने गर्छन । तर यसको मनाउने तरिका फरक छ । पहाड र तराई/मधेसमा मनाउने शैली फरक छ । भित्री मधेसमा भने 'मिक्स' छ ।
पहाड र भित्री मधेसको उपल्लो भेगमा यमपञ्चकको पहिलो दिन काग तिहार, दोश्रो दिन कुकुर तिहार, तेश्रो दिन गाई तिहार, चौथो दिन गोरु पुजा र अनि्तम पाँचौ दिन भाईटिका गरेर मनाईन्छ । तर तराई मधेसमा मैथिल र भोजपुरी भाषीले यो भन्दा अलि फरक ढंगले मनाउने गर्छन । तराई मधेसमा यमपञ्चकको पहिलो दिन धन्तेरस, दोश्रो दिन हनुमान जयन्ती, तेश्रो दिन दिपावलीमा लक्ष्मी तथा कालीपूजा, चौथो दिन अन्नकुट-गोधन र पाँचौ दिन भातृ द्वितीय मनाइने गरिन्छ । भातृदि्वतीयलाई यमदि्वतीया, भरदि्वतीया र भैयादूज नामले समेत चिनिन्छ। नाम फरक भएपनि मनाउने तरिका एउटै हुन्छ । यसदिन भाईलाई निम्तो दिई दिदी बहिनीले न्यौतने गर्छन ।
तराई-मधेसको यमपञ्चक
धन्तेरश
कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन आयुर्वेदकी देवी धनवन्तरीको पुजापाठ गरी धनवन्तरी जयन्ती मनाइन्छ । तर तराई मधेसतिर धनकी अधिष्ठात्री मानेर माता लक्ष्मीको स्वरुपा धनवन्तरीको पुजापाठ गरी धन्तेरस मनाउने गरिन्छ । यसदिनलाई धन आर्जन गर्ने पर्वको रुपमा मनाउने गरिन्छ । धनतेरशका दिन धन आर्जन गरिएमा कहिलेपनि कमी नहुने जनविश्वास रहेको छ । वर्षभरि कमाइएको धनबाट धन्तेरशका दिन सुनचाँदीको गरगहाना र भाडा वर्तन लगायतका घरायसी सामाग्रीहरू खरिद गर्ने प्रचलन छ । धन्तेरशका दिन कसैलाई सापटी, उधारो र नगद रुपैयाँ परम्परा अनुसार दिंदैन ।
हनुमान जयन्ती
काति्तक कृष्णपक्ष चतुदर्शी अर्थात तिहारको पुर्वसन्ध्यामा हनुमान जयन्ती मनाइन्छ । भगवान हनुमानको जन्म भएको स्मरणमा तराई मधेसमा परापुर्वकालदेखि विशेष पूजापाठ गरी हनुमान जयन्ती मनाइन्छ । हनुमान जयन्तीको अवसरमा विभिन्न मठ मनि्दर सहित घर घरमा बाजागाजा सहित शोभा यात्रा, हनुमान अराधना, सुन्दरकाण्ड, हनुमान चालिसा र भजनकिर्तनको आयोजना गरिन्छ ।
दिपावली/लक्ष्मी पूजा
कात्तिक कृष्ण अमावस्याका दिन तिहार अर्थात दिपावली माता लक्ष्मी र कालीको पूजापाठ गरी मनाइन्छ । यसदिन घर तथा व्यवसायिक प्रतिष्ठानलाई सरसफाई गरी धनकी अधिष्ठात्री माता लक्ष्मीको पूजापाठ गरिन्छ । माता लक्ष्मीसंगै कुल देवता र भगवती स्वरुप कालीको पूजा समेत गरिन्छ ।
दिपावलीका दिन घर आँगन र व्यवसायिक प्रतिष्ठान माटोको दियो र विद्युतिय झिलिमिली बतीले सजाईन्छ । यसदिन माता लक्ष्मीको पूजा गर्दा धन आर्जनमा वृदि्धमा हुने जनविश्वास रहेको छ । खासगरी भगवान श्रीराम लंकापति रावणको वद्ध गरी गृहनगर अयोध्या फर्केको खुसीमा घर घरमा दियो बालेर पुरापुर्वकालदेखि दिपावली मनाइदैं आएको विभिन्न धर्मग्रन्थमा उल्लेख छ ।
अन्नकुट/गोधन
कात्तिक शुक्ल पैरवा अर्थात यमपञ्चकको चौथो दिन अन्नकुट र गोधन मनाइन्छ । भगवान राम अयोध्या फर्केपछि नगरवासीहरुले खुशहालीमा विभिन्न परिकार बनाएर भगवान रामलाई खुवाएको स्मरणमा मिथिला उहाँको ससुराली भएको कारण प्रत्येक घर र मठ मनि्दरमा ५६ व्यंजनको परिकार बनाएर भगवान श्रीराम-जानकीलाई प्रसाद रुपमा भाग लगाईन्छ ।
जनकपुरधामको जानकी मन्दिर सहित विभिन्न मठ मन्दिरमा भात, दाल, तरकारी, खिर, पुरी, आचार र मिठाई लगायतका ५६ प्रकारकै परिकार बनाई भगवान श्रीराम-जानकीलाई भाग लगाइन्छ । यसै दिन भातृदि्वतीयका लागि गोधन समेत कुटने गरिन्छ । गाईको गोबरमा केराउ राखि मुसलले दिदी बहिनले विभिन्न लोकगीत गाउँदै रमाउंदै गोधन कुटने चलन छ । गोधन कुटिसकेपछि त्यसमा रहेका केराउ संकलन गरी भातृद्वतीयका दिन दाजु भाइलाई न्यौत लिने क्रममा सो केराउ मिठाई सँगै खुवाउने गर्छिन ।
भातृदि्वतीया
यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल दि्वतीयाका दिन पहाड हिमालतिर भाइटिका मनाइन्छ भने तराई मधेशमा भातृदि्वतीया अर्थात यमदि्वतीया-भरदि्वतीया- भैयादूज मनाउने गरिन्छ । दाजुभाई निम्तो दिई विशेष पूजापाठ दि्वतीया तिथिको दिन गरिने भएको हुनाले यसलाई भातृदि्वतीया भन्ने गरिन्छ । यसलाई यमदि्वतीया भन्नुको तात्पर्य माता गंगाले आफ्ना भाई यमराजलाई निम्तो दिई पुजापाठ गरेको किवदन्ती छ ।
भाइ बहिनीको स्नेहको प्रतीकका रूपमा रहेको भातृ दि्वतीया अर्थात् भरदि्वतीया (दाजुभाइको पूजा) पर्व हो । धार्मिक विधि अनुरुप दाजुभाइको दिघार्यु तथा सुख समृध्दिको कामना सहित माइन्छ । बिहान नुहाइधुवाइ गरी घरको आँगनमा पिठारको (चामलको पिठो) अर्पणा बनाई त्यसमाथि सिन्दूर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पिर्कामाथि दाजुभाइलाई बसाएर उनको निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइलाई पूजा गर्ने गर्दछन् ।
पूजाका क्रममा दाजुभाइले दुवै हात अञ्जुली बनाएर बस्छन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिन्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधिअनुरूप मन्त्रोच्चारणसहित दाजुभाइलाई तीनचोटी पूजा गर्छन् ।
पूजाका बेलामा दिदीबहिनीले यी मन्त्रोच्चारण गर्छन -
यमुना नेओतैत छथि यम के,
हम नेओतैत छी भाइके,
हमर भाइ कुम्हरक फूल,
बजरी खाय बज्र भके जिवे,
जेना गंगा यमुना धार बढय,
तहिना हमर भाइके औरदा बढय ।
अर्थात्, जसरी यमुनाले आफ्नो भाइ यमराजलाई घर आउन निम्तो दिइन, त्यसरी नै म पनि आफ्नो दाजुभाइलाई निम्तो दिएको छु । मेरो दाजुभाइ कुभिन्डोको फूल जस्तै होस् (जो छिटो ओइलिदैन), बजरी (एक प्रकारको कडा दाना) खाओस् र वज्र भएर बाँचोस् तथा जसरी गंगा-यमुनाको धार निरन्तर बगिरहन्छ, त्यसरी नै मेरो दाजुभाइको आयु निरन्तर बढिरहोस् भन्ने हो ।
पूजा सम्पन्न भएपछि दाजुभाइले आ-आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा नगद रुपैया दकि्षणा स्वरूप दिने प्रचलन छ । त्यसपछि दिदीबहिनीले पकाएका मीठा मिठा परिकार दाजुभाइले ग्रहण गर्छन्।
दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्छन् । पौराणिक कथाअनुसार, सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घर निम्तो गरी विभित्र प्रकारका मीठा-मीठा खानेकुरा खुवाएर बहिनी यमुनाले खुब सम्मान र सत्कार गरेकी विश्वास छ । यसैदिन कायस्थ जातिले आफ्ना कुलदेवता भगवान चित्रगुप्तको पुजापाठ समेत गर्छन । कलमका उत्तराधिकारी भनिएका कायस्थ जातिका व्यक्तिले यसदिन कलमलाई विश्राम दिई लेखपढ गर्ने कार्य गर्दैनन् ।
यसका साथै यमुना नदीको घाटमा ठूलो मेला समेत लाग्ने गर्छ । धनुषाको विर्तामा समेत यमुना नदीबाट आएको धारका घाटमा प्रत्येक वर्ष मेला लाग्ने गर्छ । यस दिन सो नदीमा स्नान गर्दा पापबाट मुकि्त र दिघार्यु हुने जनविश्वास रहेको छ ।

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु

२० वर्षपछि विवाह गर्नेलाई ५० हजार रूपैयाँ दिइने

सशस्त्रद्वारा अवैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, …

सिरहामा विस्थापित दलितको घर प्रदेश सरकारले बनाइदिने

सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

प्रतिक्रिया