लोयोला माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ- प्रजातन्त्र दिवसको अवसरमा तिनकुनेस्थित लोयोला माध्यमिक विद्यालयले खेलकुद सप्ताहसहित ‘पिस म्याराथन’ को आयोजना गरेको छ । विद्यालय परिसरमा ७३औँ प्रजातन्त्र दिवसको अवसरमा खेलकूद सप्ताहको समुद्घाटन समारोह सम्पन्न भएको हो ।
कार्यक्रमका सभापति एवम् विद्यालयका प्रधानाध्यापक रमेश पनेरूले विद्यालयमा अध्ययन अध्यापन बाहेकका विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दा विद्यार्थीको सर्वाङ्गिण विकास हुने र सृजनशीलतामा पनि वृद्धि हुने हुँदा हामीले वार्षिक रुपमा यस्ता कार्यक्रमहरू आयोजना गर्ने आइरहेको बताए ।
उनले ‘एकोहोरो अध्यापनमा मात्रै केन्द्रित रहँदा ‘मोनोटोनस’ महसुस हुने र यस्ता गतिविधिहरूले ‘रिफ्रेस्मेन्ट’ पनि दिने हुदाँ खेलकुद कार्यक्रमको आयोजन गरिएको बताए ।
कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक एवं प्रधानाध्यापक रमेश पनेरुले गरेका थिए । प्रमुख अतिथिका रूपमा प्रतिष्ठित चिकित्सक, मोडल एवं मिस्टर नेपाल-२०१९ का विजेता सन्तोष उपाध्याय रहेका थिए।
त्यस्तै, विद्यालयका शैक्षिक कार्यक्रम संयोजक एवं अध्यापक नारायण कोइराला, कक्षा ११ र १२ मा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको सहभागिता थियो ।

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

प्रतिक्रिया