शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

निरु विक हत्या प्रकरणः दुई जना अभियुक्त पक्राउ

कालिकोट– कालिकोट खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया निरु विकको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले सोही ठाउँका ३० वर्षीया कमला विक र अने नेपालीलाई सोमबार पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कालिकोटबाट म्याद थपगरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

२०७८ भदौ ४ गते घरबाट मेला हेर्न गएकी निरु विक तीन दिनपछि अर्थात् भदौ ७ गते घरनजिकैको मेकैबारीमा मृत फेला परेकी थिइन् । 

प्रहरीले उनको हत्यारा पत्ता लगाउन अनुसन्धान गरिरहेको थियो ।