प्रदेश २ मा थप ३२३ जनामा संक्रमण पुष्टि

जनकपुरधाम : प्रदेश-२मा पछिल्लाे २४ घण्टामा ३ सय २३ जना काेभिड संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ९४ महिला र २२७ जना पुरूषमा काेभिड संक्रमण पुष्टि भएकाे हाे ।
निर्देशनालयका अनुसार धनुषामा ८०, महोत्तरीमा ४१, सिरहा ३८, सर्लाहीमा ३, सप्तरीमा ४०, रौतहटमा ४, बारामा २४ र पर्सामा ८७ जना संक्रमित भएका छन् । त्यस्तै अन्य जिल्ला घर भई प्रदेश २ मा बस्दै आएका ६ जना संक्रमित भएका छन् । हाल प्रदेशका जिल्लाहरुमा ३४९५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३३०९ होम आइसोलेशन र १८६ जना अस्पतालको आइसोलेशनमा उपचारत अवस्थामा रहेका छन् ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया