सबैभन्दा स्लिम मोडल रियलमी १० नेपाल आउँदै

काठमाडौं– स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ । जम्मा ७.९५ मिमि मोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ ।
ब्याट्री शक्तिशाली ५००० एमएएचको जडान गरिएको छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्री भएकाले गर्दा दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीले जनाएको छ ।
स्मार्टफोन डिजाइन गर्दा रियलमीले होल्डिङ एक्स्पिरियन्सलाई अत्यन्तै प्राथमिकतामा राख्दै आएको छ । त्यसैले रियलमीले आफ्ना अधिकांश उत्पादनहरु हलुका र स्लिम बनाउँदै आइरहेको छ । यसका साथै रियलमी आफ्ना नम्बर सिरिजहरुमा हरेक उपभोक्ताहरुको लागि उच्चस्तरीय र स्टाइलिस उत्पादनहरु बजारमा ल्याउन प्रतिबद्ध छ ।
६.४ इन्चको ठूलो एमोलेड डिस्प्ले, दिनभरी आरामसँग चलाउनका लागि हलुका र अल्ट्रास्लिम बडीको साथ–साथै ५००० एमएएचको शक्तिशाली ब्याट्रि र हेर्दा आकर्षक देखिने स्टाइलिश डिजाइन भएको यो रियलमी १० नयाँँ स्मार्टफोन किन्ने सोचमा भएका हरेकको लागि एकदमै उपयुक्त रोजाई हो ।
त्यस्तै ३.५ मिमिको हेडफोन ज्याक र २००% अल्ट्राबुम स्पिकरले यसको आकर्षक डिजाइनमा अझै सुनमा सुगन्ध थपेका छन । यो सँगै अब उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइलो पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मज्जा लिन सक्नेछन् ।
यो फोन क्ल्याश व्हाइट र रस ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्रतिक्रिया