राष्ट्रपतिमा महन्थको नामसहित लाेसपा नेताकाे प्रधानमन्त्रीसँग भेटघाट, अन्य दलसँग पनि छलफल गर्ने

काठमाडौं- भावी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेताहरू बालुवाटरबाट निस्केका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहमतीय राष्ट्रपतिको प्रसङ्ग उठाइरहेको बेला ठाकुरलाई भावी राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेपालका नेताहरूले दौडधूप बढाउँदै बालुवाटार पुगेका हुन् ।
आगामी १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने दिन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूको दौडधूप चलिरहेको बेला सम्भावित राष्ट्रपतिमा ठाकुरलाई लिएर बालुवाटार पुगेका हुन् ।
‘महन्थजीलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका छौं,’ नेता शरदसिंह भण्डारीले भने, ‘अहिलेका लागि उपयुक्त पात्र उहाँ नै हो भन्ने हाम्रो निष्कर्ष पनि सुनाएकौ छौं ।’ उनका अनुसार सहमतीय राष्ट्रपतिका लागि राजनीतिक दलहरूबीच छलफल चलिरहेको र निष्कर्ष निस्कन नसकेको प्रधानमन्त्रीले जवाफ दिएका छन् ।
प्रधानमन्त्री निवासमा ठाकुरलाई लिएर राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झालगायतको नेता पुगेका थिए । लोसपाले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माओवादी केन्द्र पछि नेपाली कांग्रेससँग पनि छलफल र वार्ता गर्ने भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया