कवि घिमिरेले सुनाए एक दर्जन कविता

भरतपुर- कवि हेमनाथ घिमिरेको एकल कविता वाचन कार्यक्रम गरिएको छ । अक्षर समूह चितवनको आयोजना र सप्तगण्डकी बिम्बयात्राको सहआयोजनामा सप्तगण्डकी क्याम्पस भरतपुरमा कार्यक्रम गरिएको हो ।
कविता वाचन कार्यक्रमको सुरुवातमा कवि घिमिरेले मंगलाचरण र आफ्नो परिचयलाई कविता कै स्वरूपमा प्रस्तुत गरे । त्यसपछि कविले छन्द र गद्यका कविताहरू सुनाए । पहिलो चरणमा उनले ६ वटा कविता प्रस्तुत गरे ।
कार्यक्रममा कवि घिमिरेकी बुहारी सान्त्वना तिमिल्सिनाले एउटा कवितालाई आवाज भरिन् । घिमिरेको कविता सङ्ग्रह `मेरा बीज अक्षरहरू´ बाट `जीवनको दौड´ शीर्षकको कवितालाई तिमिल्सिनाले आवाज भरेकी थिइन् । त्यसपछि कवि घिमिरे पुनः ६ वटा कविता लिएर मञ्चमा देखिए । घिमिरेले कार्यक्रममा विभिन्न भाव र शीर्षकका कविता प्रस्तुत गरे ।
कवितामा घिमिरेले बालाई सम्बोधन गरेका थिए । जीवन र जगतलाई कवितामा उतारेका थिए । जीवनको यात्रामा बाटो भुल्दा बाको याद झल्झली आउने र बाटो देखाउन बालाई अनुरोध गरिएको प्रसङ्गलाई कविले कवितामा उतारेका थिए ।
कवि घिमिरे पेसाले इन्जिनियर हुन् । इन्जिनियर कविका कवितामा प्राविधिक कुरा भन्दा पनि समाज र जीवन जगतका विषय समेटिएको अक्षर समूहका अध्यक्ष रमेश प्रभातले बताए । कार्यक्रमको अन्त्यमा कवि विदुर अधिकारीले घिमिरेले वाचन गरेका समग्र कविताको टिप्पणीसहितको कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ईश्वर कँडेल, उदय अधिकारी, डाक्टर एकनारायण पौड्याल, डाक्टर धनेश्वर भट्टराई, विपिन पाठक, आकाश पौडेल, जगन्नाथ पण्डित, शान्ति शर्मा, रह शर्मालगायतको उपस्थिति थियो ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_OonMDbbcDX_uhty0xmswbxyqlhtrprybjvtdnie4bwp9zcz2ozm1pc5ppiysciuigtxvmhv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया