कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न मिल्दैन : पूर्वगभर्नर क्षेत्री
गोरखा- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न नहुने बताएका छन् ।
नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आज आयोजित वित्तीय साक्षरता कार्यक्रममा उनले कसैले भन्दैमा कर्जा मिनाहा नहुने बताएका हुन् । पूर्वगभर्नर क्षेत्रीले बैंकिङ क्षेत्रमा तरलताको समस्या देखिएको अवस्थामा पनि लघुवित्त संस्थाले ब्याजदर वृद्धि नगरी सेवा प्रदान गर्नु सकारात्मक कार्य भएको टिप्पणी गरे ।
उनले ऋणीले जुन प्रयोजनका लागि काम गर्ने हो भनेर ऋण लिएका छन् सोही प्रयोजनअनुसार काम गर्ने हो भने ऋण तिर्न र किस्ता बुझाउन समस्या नहुने बताए । 'कर्जाको सही सदुपयोग हुने अवस्था आउने हो भने धेरै समस्या नै आउँदैन,' पूर्वगभर्नर क्षेत्रीले भने, 'कर्जाको उचित सदुपयोग गर्नेतर्फ ऋण लगानी गर्ने संस्था र ऋणी दुवै सचेत हुनुपर्छ ।'
उनले लघुवित्तका ग्राहक सदस्यलाई कर्जाको सही सदुपयोग गर्न अनुरोध गर्दै कर्जा दुरुपयोग गर्दा लगानी डुब्ने अवस्था आउने बताए । त्यसबाट सदस्यले कठिनाइ तथा कानुनी झमेला बेहोर्नुपर्ने भन्दै उनले सचेत हुनुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालयका उपनिर्देशक नविना ढकालले लघुवित्तले ग्रामीण अर्थतन्त्र उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्जाको किस्ता नतिर्ने भनी लघुवित्तविरुद्धको सङ्घर्ष समितिको पछाडि नलाग्न ग्राहक सदस्यलाई आग्रह गरे । उनले आफ्नो कारोबार नबिगारीकन अनुशासित सदस्यका रूपमा आफूलाई परिचित गराउन लाग्नुपर्ने भन्दै लघुवित्तले नीति विपरीत कार्य गरे कानुनी उपचार खोज्न सुझाव दिए ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया