जनमोर्चाले चितवन–२ मा उम्मेदवारी दिने

काठमाडौं- आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले भाग लिने निर्णय गरेको छ ।
मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले चितवन–२ बाट उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरिरहेको बेला जनमोर्चाले उनको उम्मेदवारीविरुद्ध उम्मेदवारी दिने निर्णय लिएको हो ।
‘बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको ‘स्वतन्त्र पार्टी’को भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चका रूपमा अगाडि बढाउने निर्णय गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापन पत्र बुझाउन जाँदा पनि जनमोर्चाले लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेर देशको सार्बभौम सत्ता र अखण्डता जोगाएको भन्दै जनमोर्चाले धन्यवाद ज्ञापन गरेको थियाे । लामिछानेको गृहमन्त्रीमा पुनर्बहाली हुन नसकेको खुसी व्यक्त गर्दै आएको जनमोर्चाले उनको विरुद्धमा उम्मेदवारी दिने निर्णय गरेको हो । जनमोर्चाको सो निर्णयसँगै औपचारिक रूपमा चितवन–२ मा उम्मेदवारी दिने पहिलो राजनीतिक दल पनि भएको छ ।
चितवन–२ मा उम्मेदवारी दिने निर्णय लिए पनि सो पार्टीबाट को उम्मेदवार हुने त्यो भने जनमोर्चाले सार्वजनिक गरेको छैन ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया