सहकर्मी हत्यामा संलग्न सशस्त्र प्रहरी जवान खत्रीलाई जन्मकैदको सजाय

सप्तरी- सप्तरीमा कार्यरत सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै अदालतले सशस्त्र प्रहरी जवानलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीन कुमार जोशीको इजलासले हत्यमा संलग्न सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई जन्मकैदको सजाय तोकेको हो ।
खत्रीले ६ महिना अघि असई सत्यनारायण यादवको हत्या गरेको आराेपमा उनलाई जन्मकैदको सजाय सुनाएको हो । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई यादवको १९ असोज २०७९ मा हत्या भएको थियो ।
खत्रीलाई जन्मकैदसहित ३ लाख क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गराउने फैसला भएको श्रेष्तेदार कुमार मास्केले जानकारी दिएका छन् ।
नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा यादवको शव २० असोजमा भेटिएको थियो ।
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुट

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

प्रतिक्रिया