बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

समृध्दिकाे अभियानमा कोभिड-१९ को अवरोध : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाबाट भाइटिका लगाएका छन् । कौशल्याले बालुवाटारमा प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यलाई टिका लगाइदिएकी थिइन ।

प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टिका लगाइदिएका थिए । कोभिड महामारीका कारण अरू बहिनीहरू  झापामा नै रहेकाले ओलीले  कौशल्याको हातबाट मात्रै टिका लगाएका हुन् ।

टिका लगाउनु अघि  तिहारको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले कोभिड-१९ ले नेपालको समृद्धिको अभियानमा अवरोध पुर्‍याएको बताएका थिए । सरकारले कोभिड-१९ नियन्त्रणको लागि निकै प्रयास गर्दागर्दै पनि त्यसले मुलुकको सामाजिक, आर्थिक र समृध्दिको अभियानमा अवरोध पुर्‍याएको प्रधानमन्त्रीले उल्लेख गरेका थिए । 

'विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको छ,' प्रधानमन्त्रीले सन्देशमा उल्लेख छ, 'महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आह्वान गर्दछु । यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ ।' 

प्रधानमन्त्री ओलीले सरकार संविधानको कार्यान्वयन गर्दै विकास र समृद्धिको दिशामा अग्रसर रहेको बताए । मुलुक नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको पनि उनले उल्लेख गर्दै लेखेका छन्, 'यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु।  यस महामारीका बाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं।'

तिहारको उज्यालोले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस: राष्ट्रपति

राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री प्रमुखप्रतिपक्ष दलका नेता लगायतले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति विध्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना दिँदै यस वर्षका सबैजसो चाडपर्व कोभिड-१९ महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत् सुरक्षालाई ध्यान दिई मनाउन आग्रह गरेकी छन् । 

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले पनि सोही प्रकारको शुभकामना दिएका छन् । 'यस महामारीविरुद्धको खोप हालसम्म विकास भइनसकेकाले पूर्वसावधानीका लागि समयसमयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरूबीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन,' उनीहरूको सन्देशमा छ, 'चाडपर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्वसावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।' 

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे