माधव नेपाललाई भेट्न पुगे चिनियाँ राजदूत

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सङबिच भेटवार्ता भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका चिनियाँ राजदूत सङले अपरान्ह नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्। ‘कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा आज दिउँसो भएको भेटमा अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो,’ नेपालका सहयोगी मोहन गौतमले भने ।
उनका अनुसार राजदूतको रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका थिए । दुवै नेताबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेपालको सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया