‘छड्के २’ ट्रेलर : चकलेटी अनमोलकाे रफटफ प्रयास

काठमाडौँ- 'छक्का पञ्जा ४' सँगको भिडन्तका कारण चर्चामा रहेको ‘छड्के २’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमाले तीन ग्याङको लडाईको कथा भन्छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको छ ।
रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा ‘छड्के २’ले भन्छ । जसको उद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेताको रुपमा अभिनेता केसीलाई प्रस्तुत गरिएको छ । शरीरभरी ट्याटु र हातमा हमेसा खुँडा बोकेर बुलेट बाइक चढेर हिँड्ने अनमोलको लुक्सलाई धेरैले नयाँ मानेका छन् । चकलेटी लभरब्वाईको भूमिका छाडेर अनमोलले पहिलो पल्ट रफटफ भूमिका निर्वाह गरेका छन् ।
निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको सिनेमामा अनमोलका अलवा रोबिन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलान लगायतका कलाकारले अभिनय गरेका छन् ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । फिल्म फागुन १९ मा प्रदर्शनमा आउँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया