चार घरमा आगलागी, बिहेका लागि जम्मा गरेको ५ लाख नष्ट

सप्तरी- सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडकपुरमा बिहीबार आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।
स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घरमा आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएको छ ।
आगलागीमा परेर पालानु यादवले छोरीको बिहेका लागि जोहो गरि राखेको नगद ५ लाख, गरगहना, मोबाइल, टेलिभिजन, लत्ताकपडा अन्नपात, भाँडाकुँडा, फर्निचरका सामान जलेर नष्ट भएको छ ।
छोरीको बिहेका लागि किनमेल गर्न बजार गएको समयमा दिउँसो २ बजे आगलागी हुँदा घरमा भएको सम्पुर्ण सामान जलेर खरानी भएको पीडित यादवले बताए । आगलागीमा छिमेकी गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएको हो । आगलागीमा ३ वटा बाख्रासमेत जलेको स्थानीयको भनाइ रहेको छ ।
राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बरुणयन्त्र, स्थानीयबासी र प्रहरीको सहयोगमा २ घण्टापछी नियन्त्रणमा आएको स्थानीयले जनाएको छ । आगलागीको कारण बारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया