पर्सा आरक्षबाट भागेको हात्तीले लियो मकवानपुरमा दुई जनाको ज्यान
मकवानपुर - पर्सा वन्यजन्तु आरक्षबाट भागेको हात्तीले मकवानपुरमा दुई जनाको ज्यान लिएको छ । एक जना घाइते छन् । हात्तीले दुई जनाको ज्यान लिएपछि स्थानीयमा त्रास मच्चिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट बकैया-५ पावसमा ५० वर्षीय सन्तलाल माझीको बिहीबार राति हात्तीको आक्रमणबाट मृत्यु भएको हो । साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोही हात्तीकै आक्रमणबाट सोमबार जिल्लाको मनहरी गाउँपालिका-४ मा स्थानीय ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । बुधबार हेटौंडा १८ हर्नामाडि मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएका छन् । वाईबाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै खुट्टा र ढाडमा चोट लागेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया-७ को कत्लेखोलामा पुगेको स्थानीयले जानकारी दिएका छन् । निकुञ्जले हात्ती नियन्त्रणमा लिन सकेको छैन् ।
पछिल्लो समय मकवानपुर जिल्लामा जंगली जनावरको भयले सर्वसाधारणलाई हैरानीमा पारेको छ । बाघ र हात्तीको आक्रमणमा ज्यान जानेसम्मका घटना हुन थलेपनि यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो दिएको छैन ।
हेटौंडा १८ हर्नामाडी मै दुई साताअघि बाघको आक्रमणबाट एक महिला घाइते भएकी थिइन्। हात्ती र बाघको आक्रमण हुनथालेपछि सव डिभिजन वन कार्यालय, हात्तीसुडे मकवानपुरले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फ…

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

प्रतिक्रिया