क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानले खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथि सुनुवाइका लागि आज (शुक्रबार)लाई पेसी तोकिएको छ। लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।
धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।
नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया