सेभिल्लाका गोलरक्षकमाथि आक्रमण
काठमाडौँ- युरोपा लिगअन्तर्गतको खेलका क्रममा एक फुटबल समर्थकले स्पेनिस क्लब सेभिल्लाका गोलरक्षक मार्को डिमित्रोभिकमाथि आक्रमण गरेका छन् । नेदरल्यान्ड्सको पीएसभी एन्डहोभेनविरुद्ध २-० ले पराजित भएपछि समर्थकले मार्कोमाथि आक्रमण गरेका थिए ।
एक समर्थकले खेल मैदानभित्रै छिरेर ३१ वर्षीय मार्कोलाई मुक्काले प्रहार गरेका थिए । तर त्यसपछि मार्कोले उनलाई मैदानमा पछारेका थिए ।
मैदानमा खटिएका सुरक्षाकर्मीहरूले पछि आक्रमण गर्ने समर्थकलाई बाहिर लगेका थिए । सर्वियन खेलाडी मार्कोले यस्तोखाले गतिविधि फुटबलमा राम्रो नभएको तथा यस्ता कार्यमा लाग्नेलाई कारबाही हुनुपर्ने बताए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया