सन्दीपको मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

काठमाडौं - प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवदेनमाथि आज सुँनुवाइ हुँदैछ । मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ । उच्च अदालत पाटनको आदेशमा भएको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
नाबालिग बलात्कारको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने गत पुस २८ गते उच्च अदालत पाटनको आदेश बमोजिम २० लाख धरौटी तिरेर रिहा भएका थिए । तर उक्त आदेशले लामिछानेलाई विदेश जान, पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिका–टिप्पणी गर्न भने रोक लगाएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया