कर्णालीका पूर्व सांसदहरूले बनाए मञ्च

सुर्खेत। पहिलो कार्यकालमा सिकेका सीप आदानप्रदानको लागि कर्णालीका पूर्व सांसदहरुले मञ्च गठन गरेका छन् । पहिलो कार्यकालका सांसदहरु सहभागिता रहेको पूर्व प्रदेशसभा सदस्य मञ्च गठन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरिएको उक्त मञ्चको अध्यक्षमा पूर्व सामाजिक विकास मन्त्री दल रावल चयन भएका छन् ।
कर्णाली प्रदेश सभाका सांसदहरुलाई दक्ष बनाउनेदेखि प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्ने उद्देश्यले मञ्च गठन गरिएको अध्यक्ष रावलले जानकारी दिए । ‘हाम्रो संस्थाको काम भनेको हामीले सिकेका कुराहरु दोस्रो कार्यकालका माननीयहरुलाई सिकाउने, हाम्रा अनुभवहरु उहाँहरुमाझ राख्ने हो’ नवगठित मञ्चका अध्यक्ष रावलले भने, ‘जसले गर्दा प्रदेशको विकास तथा समृद्धि होस् भन्ने हाम्रो मुख्य लक्ष्य हो ।’ मञ्चले सांसदहरुलाई परामर्श दिने, कानून निर्माणमा सहयोग गर्ने, कर्णाली प्रदेश सभालाई मर्यादित बनाउँदै सुदृढ गर्ने रावलले बताए ।
उनका अनुसार मञ्च, प्रदेश सभा र प्रदेश सरकारका बीचमा आवश्यक सल्लाह सुझाव दिने र सातै प्रदेशमा मञ्च गठन गर्न लगाएर त्यसको छुट्टै संरचना निर्माण गर्ने तयारी भएको छ । संस्थाको तदर्थ समितिको उपाध्यक्षमा नेपाली काँग्रेसका अमृता शाही, महासचिवमा नेकपा माओवादीका कृष्णा शाह, सचिवमा एमालेका पदमा खड्का, कोषाध्यक्षमा एमालेकै मिनासिंह रखाल छन् ।
यस्तै सदस्यमा एमालेका करविर शाही, राजु नेपाली, नन्दसिंह बुढा, बद्यमीक्वारी बोहोरा छन भने माओवादीका रातो कामी र काँग्रेसका झोवा कामी सदस्य छन् ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया