राष्ट्रपतिको निर्वाचनमा विदेशी हस्तक्षेप हुँदैछ : भीम रावल

सुर्खेत- नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनमा विदेशी हस्तक्षेप भएको बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा अहिले देखिएका गतिविधिले आमनागरिक पनि चकित परिरहेका नेता रावलकाे भनाइ छ ।
साेही क्रममा उनले विदेशी राजदूतहरू नेताहरूका घर-घरमा गएर भैलो खेलिरहेकाे टिप्पणी समेत गरे । उनले यसरी देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको भन्दै खेद प्रकट गरे ।
स्वार्थमा नेपालको राजनीति चलिरहेकाले गठबन्धन धेरै समय नटिक्ने ठहर आफूले पहिले नै गरेको पनि उनले बताए ।
‘अहिलेको सरकार बन्दा पनि मैले यो गठबन्धन पनि टिक्दैन भनेर भनेको थिए तर, यही हुँदैछ नेपाली राजनीतिमा,’ नेता रावलले भने, ‘अहिले राष्ट्रपतिको निर्वाचनका लागि बाहिरको सहयोग लिन खोजिँदैछ ।’

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया