३० मुख्य शहरमा टिभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै

काठमाडौँ । टिभीएस स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ ।
यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज ¥याली जस्ता विभिन्न कार्यक्रमहरु गरिएको थियो । यस माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरुलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले भने,“यो माइलेज क्याम्प गर्नुको मुख्य उद्धेश्य हाम्रा ग्राहकहरुसँग भेटघाट र अन्तर्कृया गर्नु हो जसमा नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ । हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरुलाई दिएको सन्तुष्टि र खुशी देखेर हामी अत्यन्तै खुशी छौँ ।”
यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौँ, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट एक हजारभन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका छन् । यस माइलेज चेक अप क्याम्पमास्कुटर चेक अप गराएपछि आफ्नो स्कुटरको माइलेज पनि बढेको र यसबाट आफुहरु खुशी भएको सहभागिहरुको प्रतिकृया रहेको छ । माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन् ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_YHeKGKdmv6_xegm6kwzoo5i8basqsai90nhxfh9ksfef3dupnysfrrav2d0zgzzhkwub8kn.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया