एनआईसी बैंकका ग्राहकले अब मोबाइल एपबाटै दुई लाखसम्म ऋण लिन सक्ने

काठमाडौं–एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी ‘फोन लोन’सेवा शुभारम्भ गरेको छ । ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम दुई लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने गरी यस्तो सेवाको शुभारम्भ गरिएको हो ।
बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहक महानुभावहरूले एकदेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहक महानुभावहरूले कर्जा सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहक महानुभावको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहक महानुभावले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकको मोबाइल एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया