दिलीप महतो हत्या प्रकरण : दुई जनालाई २५ र एकलाई १२ वर्ष कैद

जनकपुरधाम- बालुवा र गिट्टीकाे अवैध उत्खननविरुद्ध आवाज उठाउने दिलीप महतोको हत्यामा संलग्न रहेकाे आराेपमा तीन जनालाई कैदको फैसला सुनाइएको छ ।
शुक्रबार जिल्ला अदालत धनुषाले महतोको हत्यामा संलग्न दुई जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले दिलीपको हत्यामा संलग्न रहेकाे आराेपमा विपिन महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्षको सजाय सुनाइएको छ भने कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार विकास बस्नेतले जनाएका छन् ।
जितेन्द्रलाई २ लाख ५० हजार जरिवाना समेत गरिएको छ भने विपिन र मुनिन्द्रलाई ५/५ लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यो रकम पीडित परिवारलाई उपलब्ध गराउनुपर्ने फैसलामा भनिएको श्रेस्तेदार बस्नेतले बताए ।
उनीहरूले जरिवाना बुझाउन नसके राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने फैसलामा भनिएको छ । यसअघि फागुन ३ गते उनीहरूलाई अदालतले दोषी ठहर गरेको थियो ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया