टी-२० विश्वकप भारतमा नहुने, ‘सम्भावित आयोजनास्थल युएई’

काठमाडौँ : मंगलबार इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित भएको घोषणा गरियो । भारतमा कोभिड-१९ संक्रमणमा पर्नेको संख्यामा व्यापक वृद्दी भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आइपीएल रोक्ने निर्णय गर्यो । आइपीएल स्थगन गरिएसँगै यस वर्ष भारतमा आयोजना हुने भनिएको टी-२० विश्वकप त्यही हुन्छ वा अन्तै सारिन्छ भन्नेबारेमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।
यसैबीच भारतको लोकप्रिय अखबार टाइम्स अफ इन्डियाले टी-२० विश्वकप भारतबाट संयुक्त अरब इमिरेट्स (युएई) तर्फ सारिने दाबी गरेको छ । ‘यस्तो अवस्थामा विदेशी टिम भारत आएर विश्वकप खेल्न तयार हुने सम्भावना छैन । कोभिड-१९ को नयाँ लहरले विश्वकप रोक्न सक्छ भन्ने यथार्थलाई बीसीसीआईले नकारेको छैन । त्यसकारण, विश्वकप युएई हुनेछ,’ टाइम्स अफ इन्डियाले लेखेको छ ।
आइसीसीको तालिका अनुसार भारतले अक्टोबर-नोभेम्बरमा टी-२० विश्वकप आयोजना गर्नुपर्नेछ । तर बीसीसीआई भने १६ टिम सहभागी हुने प्रतियोगिता तोकिएको समयमा आयोजना गर्न आत्मविश्वासी नेखिएको टाइम्स अफ इन्डियाको रिपोर्टमा उल्लेख छ । यद्यपि टी-२० विश्वकप आयोजना स्थान परिवर्तन सम्बन्धि निर्णय भने भइसकेको छैन । अबको एक महिनामा निर्णय आउने अनुमान गरिएको छ ।
उता भारतीय समाचार एजेन्सी पीटीआईले पनि यस्तै दाबी गरेको छ । बीसीसीआई र भारतीय केन्द्रिय सरकारका उच्च अधिकारीहरुबीच छलफल भएको र टी-२० विश्वकप यूएईतर्फ सार्ने विषयमा एकमत भएको पीटीआईले जनाएको छ ।
भारतमा आउँदो सेप्टेम्बरमा कोभिड-१९ को तेस्रो लहर सुरु हुने अनुमान गरिएको छ । अहिले नै दैनिक तीन लाख संक्रमति फेला परिरहेको छन् । यस्तो परिस्थितिमा टी-२० विश्वकप आयोजना गर्न बीसीसीआई हच्किएको हो ।
युएईमै किन ?
युएईले टी-२० विश्वकप आयोजनाका लागि शारजाह, दुबई र आबु धाबीमा रहेका मैदान उपलब्ध गराउन सक्छ । टी-२० विश्वकपमा सहभागी हुने खेलाडी तथा अन्य पाहुनाले तीन सहरबीच यात्रा गर्न हवाई सेवाको प्रयोग गरिरहनु पर्दैन ।
यसअघि नै युएईमा आइपीएल सफलतापूर्वक आयोजना गरिसकिएको छ । ‘भारतमा खेल हुने रंथशालाको संखया घटाए पनि हवाई यात्रा गर्नैपर्छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्दा कोभिड-१९ संक्रमण फैलने खतरा रहन्छ । त्यो बाहेक खेलाडीहरु भारतीय सहरमा खेल्न मानसिक रुपमा तयार नहुन सक्छन्,’ स्रोतलाई उदृत टाइम्स अफ इन्डियाले लेखेको छ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया