आगलागीमा परी दुई बालकको ज्यान गयो

पाँचथर- पाँचथरमा आगलागीमा परी दुई बालकको ज्यान गएको छ । हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो ।
परिवारका सबै सदस्य घाँस दाउरामा गएको समयमा आज दिउँसो अन्दाजी ४ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा मतान घरको माथिल्लो तलाको कुनामा पहिचान हुन नसक्ने अवस्थामा बालकहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
आगलागीमा मतान घर पूर्ण रूपमा जलेको छ । आगलागीको कारण खुलेको छैन । मृतक फिदिम–५ का बालक मावली घर गएको बुझिएको छ । घटनाको विस्तृत विवरण आएको छैन ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया