राष्ट्रपति उम्मेद्वार छान्न कांग्रेस बैठक बस्दै : सिटौलालाई बनाउन प्रधानमन्त्रीको दबाब तर पौडेलकै सम्भावना बलियो

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेद्वार चयन गर्नेछ ।
आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने शुक्रबार साँझको बैठकले निर्णय गरिसकेको छ ।
कांग्रेसमा राष्ट्रपति उम्मेद्वार बन्न रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाले दाबी गरिरहेका छन् । तर राष्ट्रपति उम्मेदवारमा पौडेलको पक्का जस्तै भएको कांग्रेस नेताहरू बताउँछन् ।
कांग्रेसको १४ औँ महाधिवेशनमा तटस्थ बसेर सभापति शेरबहादुर देउवालाई सहयोग गरेका पौडेलले संसदीय दलको चुनावमा पनि प्रस्तावक नै बसेका थिए । त्यतिबेलादेखि नै पौडेललाई राष्ट्रपति बनाउने देउवाले आश्वासन दिएका थिए ।
तर सिटौलाले पनि राष्ट्रपति बनाउन दबाब दिइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपति सिटौलालाई बनाउन देउवालाई दबाब दिँदै आएको कांग्रेसका एक नेताले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया