शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

परिवारलाई मार्ने धम्की आएको चेल्सी प्रशिक्षक पोटरको खुलासा

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीका मुख्य प्रशिक्षक ग्राहम पोटरले आफ्ना परिवारलाई मार्ने धम्की आएको खुलासा गरेका छन् ।

क्लबले लगातार खराब प्रदर्शन गरिरहेको समयमा अज्ञात व्यक्तिले परिवारलाई मार्ने धम्की दिएको पोटरले बताएको बीबीसीले उल्लेख गरेको छ । चेल्सीले पछिल्ला १४ मध्ये केवल २ खेलमा मात्र जित हात पार्न सकेको छ ।

पोटरले आफू मरेको हेर्न चाहेको इमेल प्राप्त गर्नु राम्रो नभएको बताए । उनले आफ्ना बच्चाहरुलाई समेत मार्ने धम्की आएको जनाए ।

यता चेल्सीले पोटर तथा उनको परिवारलाई क्लबले पूर्ण सहयोग गरिरहेको जनाएको छ ।