रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेक छ । शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेक हो ।
सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेपछि सर्वसम्मतले पारित गरेको कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले इकागजलाई जानकारी दिए ।
राष्ट्रपतिमा कृष्ण प्रसाद सिटौलाले पनि दाबी गरेका थिए ।
कांग्रेसको १४ औँ महाधिवेशनमा तटस्थ बसेर सभापति शेरबहादुर देउवालाई सहयोग गरेका पौडेलले संसदीय दलको चुनावमा पनि प्रस्तावक नै बसेका थिए । त्यतिबेलादेखि नै पौडेललाई राष्ट्रपति बनाउने देउवाले आश्वासन दिएका थिए ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने शुक्रबार साँझको बैठकले निर्णय गरिसकेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया