दलीय स्वार्थ होइन राष्ट्रिय स्वार्थका लागि उम्मेदवारी दिएका हौँ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलीय स्वार्थ नभएर राष्ट्रिय स्वार्थका लागि राष्ट्रपतिमा उम्मेदवारी दिएको बताएका छन् । शनिबार संसद् भवन बानेश्वरमा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा नेम्वाङको नाम दर्ता गराएपछि पत्रकारसँगकाे कुराकानीमा ओलीले यस्तो बताएका हुन् ।
‘हामीले दलीय स्वार्थ होइन राष्ट्रिय स्वार्थका लागि राष्ट्रको हितका लागि संविधानकाे रक्षा र कार्यान्वयनका लागि, प्रणालीको रक्षा र सफल प्रयोगका लागि उम्मेदवारी दिएका हौँ,’ उनले भने,‘ हामीले विश्वास लिएका छौँ हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य हुनेछ ।’
उनले सांसद नेम्वाङ अत्यन्तै अनुभवी र कानुनका बारेमा जानकार समेत रहेकाले उनलाई उठाइएको बताए ।
‘हामीले हाम्रो पार्टीको तर्फबाट र नेपाली जनताकै तर्फबाट विभिन्न देशभक्त, सुशासन र विकासका पक्षधर शक्तिहरूको तर्फबाट अत्यन्तै अनुभवी कानुनका जानकार सभामुख लामो समय सभामुखको जस्तो पदमा रहेर जिम्मेवारी बहन गर्नुभएका, संविधान निर्माणमा सविधानसभा अध्यक्षको महत्वपूर्ण भूमिका पूरा गर्नु भएका, सफल राजनीतिज्ञका रूपमा परिचित माननीय सुवासचन्द्र नेम्वाङ ज्यूलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा उठाएका छौँ,’ ओलीले भने ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया