झापामा एक सातामै चार गुणा बढे सङ्क्रमित

झापा : कोभिड-१९ सङ्क्रमितको दर झापामा ज्यादै बढेको छ । एक सातामा चार गुणा सङ्क्रमित बढेको सरकारी तथ्याङ्कले देखाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सात दिनअघि वैशाख १४ गते जिल्लामा सङ्क्रमितको सङ्ख्या १९५ रहेको थियो । तर मङ्गलबार यो सङ्ख्या बढेर ७४१ पुगिसकेको छ । यो साता ५४६ जना सङ्क्रमित बढेका हुन् ।
करिब एक महिनाअघि झापामा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित सङ्क्रमितहरु देखा पर्न थालेका थिए । त्यसयता लगातार गुणात्मक रुपमा सङ्क्रमण फैलिइरहेको छ । एक महिनाअघि जिल्ला स्वास्थ्य कार्यालयले झापामा सङ्क्रमितको सङ्ख्या मात्र १३ रहेको जनाएको थियो ।
विगत सात दिनमा सङ्क्रमण निकै फैलिएको छ । खुला सीमा भएकाले भारतबाट आउने र काठमाडौँबाट घर फर्किनेको सङ्ख्या बढेसँगै झापामा सङ्क्रमण फैलिएको हो । झापामा गत वर्ष कोरोनाको पहिलो लहर शुरु भएयता १३६ जनाको यही सङ्क्रमणबाट मृत्यु भएको छ ।
सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए

९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

आगलागीमा ६० लाख बराबरको क्षति

ठगी मुद्दाका फरार विक २४ वर्षपछि पक्राउ

प्रतिक्रिया