उम्मेदवारी दर्तापछि नेम्वाङले भने- 'निर्वाचित भएमा जनताले अनुभूति हुने गरी काम गर्छु'

काठमाडौँ- राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचित भएमा जनताले अनुभूति हुने गरी काम गर्ने बताए ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विगतमा राजाको सन्तानले राष्ट्रप्रमुख भएर काम गर्ने प्रचलन तोडेर जनताको छोराले राष्ट्रप्रमुख हुने भूमिका आएको जनाउँदै नेम्वाङले भने, ‘निर्वाचित भएमा जनताले अनुभूति गर्ने गरी काम गर्नेछु ।’
नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया