सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गर्न अघि लागेर गए प्रचण्ड

काठमाडौँ- राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघि लागेर गएका छन् । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपतिमा पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री प्रचण्ड गएका हुन् ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।