गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

काठमाडौँ– नयाँ बनेको आठ दलीय गठबन्धनले राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नाम मनोनयन दर्ता गराएको छ । शनिबार संसद् भवन बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाैडेलले आफ्नाे नाम राष्ट्रपतिको उम्मेदवारका लागि दर्ता गराएका हुन् ।
पाैडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका हुन् ।
शनिबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले रामचन्द्रलाई राष्ट्रपतिमा उठाउने निर्णय गरेको थियो । यसअघि बसेको गठबन्धनको निर्णयले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो ।
यसअघि एमालेले राष्ट्रपतिमा सांसद सुवास नेम्वाङको नाम मनोनयन दर्ता गराइसकेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया