सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

प्रदेश १ बाट राप्रपा बाहिरिने, भोलि मन्त्रीले राजीनामा दिँदै

फाइल फोटो

विराटनगर - प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि राजीनामा दिने भएका छन्। 

काठमाडौंमा केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैवाट राजीनामा दिने निर्णय लिएसँगै प्रदेश १ का राप्रपा मन्त्रीहरुले पनि राजीनामा दिन लागेका हुन । 

राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिन लागेको बताए । प्रदेश १ मा कृषिमन्त्री भक्तिनाथ सिटौला मात्रै रहेका छन् ।

 ‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ, केन्द्रको निर्णयसँगै अव सरकारमा रहन्नौ, हाम्रो पार्टीको मन्त्रीज्यूले भोलि राजीनामा दिनु हुनेछ।’