नयाँ सत्ता समीकरणका बिषयमा छलफल नै सुरु भएको छैन : डा. शेखर

काठमाडौँ - नेपाली कांग्रेसका नेताहरुले नयाँ सत्ता समिकरणका बिषयमा छलफल नै सुरु नभएको बताएका छन् ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले भर्खरै राष्ट्रपतिको बिषयमा टुङ्गो लागेको अवस्थामा दलहरुबीच नयाँ सत्ता समिकरणका बिषयमा छलफल नै सुरु नभएको बताएका हुन् ।
कांग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिका बिषयमा दलहरुबीच छलफल भएको अहिले नै सरकारका बिषयमा छलफल गर्ने बेला नभएको बताए । उनले एमालेले सरकार नछाडेको अवस्थामा अहिले नै कांग्रेस सरकारमा जान नहतारिने जिकिर गरे । मुलुकका लागि रामचन्द्र पौडेल सक्षम पात्र भएको र राष्ट्रपति निर्वाचनमा सबैैले सहयोग गर्ने उनले बताए ।
यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले सरकार पुर्नगठनमा जान हतार गर्न नहुने बताए । प्रचण्ड नेतृत्वको सरकार रहेको अवस्थामा २५ गतेपछि पनि प्रचण्डकै सरकारले निरन्तरता पाउने उनको भनाइ छ ।
त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नया सता समिकरणका बिषमया छलफल गर्ने बेला नभएको तर आगामी दिनमा भने नयाँ समिकरण बन्न सक्ने तर्क गरे । उनले २५ गतेसम्म धमिलो पानीमा खेल्ने एमालेको षडयन्त्र पुरा नहुने जिकिर गरे ।
उनले संविधानको रक्षाका लागि पनि कांग्रेसका उम्मेदवारको विजयी सुनिश्चिित रहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया