सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भबारे छलफल

जनकपुरधाम- नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भको अवस्था लगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् ।
उनले दुई देशबीचको सुरक्षाकर्मीहरूको संयुक्त बैठक सम्पन्न भएको बताउँदै बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरू एकआपसमा आदानप्रदान गर्नेसहितको निर्णय भएको जानकारी दिए ।
नेपाल र भारतका सुरक्षाकर्मीको नियमित बैठक भएको बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘यसमा हामी सीमा क्षेत्रमा हुने अपराध, अतिक्रमण, फेक करेन्सी, लागूऔषध ओसारपसार नियन्त्रण लगायतका सम्बन्धमा छफलफल गरेका छौं । यी बैठकले दुई देशबीचको सम्बन्ध पनि सुमधुर हुन्छ र हामी समय समयमा सुरक्षाकर्मीहरूबाट सहयोग पनि पाउँनेछौं ।’
बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागूऔषध सम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरूको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्ने लगायतको निर्णय भएको उनले जानकारी दिए ।
बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको उपस्थिति रहेको थियो । भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्दकुमार वर्मा, बिहार प्रहरी, एसएसबीलगायतका सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया