प्रभु साहको पार्टीले राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने

काठमाडौं- प्रभु साह नेतृत्वको आम जनता पार्टीले रामचन्द्र पौडेललाई समर्थन जनाउने भएको छ । सो पार्टीका प्रचार विभाग प्रमुख चन्द्रभुषण साहले साँझ एक विज्ञप्ति जारी गर्दै पौडेललाई समर्थन गर्ने जनाएका हुन् ।
‘नेपालको राजनीतिमा विगतमा भए गरेका घटना परिघटना एवम् अभ्यासलाई दृष्टिगत मध्यनजर गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो पार्टी आम जनता पार्टीका समर्थन रहने विषय सबैमा सहर्ष जानकारी गराउन चाहान्छौं,’ प्रचार विभाग प्रमुख साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ राष्ट्रिय एकताको प्रतीक बनि देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवम् विश्वाससहित जीतको अग्रिम बधाई एवम् शुभकामनासमेत व्यक्त गर्दछु ।’
आम जनता पार्टीसँगै राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई समर्थन जनाउने दलको संख्या ९ पुगेको छ ।
पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने यसअघि नै निर्णय लिइसकेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया